Logo

प्रधानसेनापति क्षत्री श्रीलङ्का जादै



काठमाडौँ, २ माघ (रासस) : प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको छ ।

सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने उल्लेख गरिएको छ ।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति यही माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot