Logo

त्रिभुवन माविले जुटायो झण्डै आधा करोड आर्थिक रकम 



गुल्मी ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत झण्डै आधा करोड आर्थिक रकम जुटाएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई नमूना बनाउन र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार विद्यालयले रु ४२ लाख, ३५ हजार, ९ सय,२३ रुपैया बराबरको आर्थिक सहयोग जुटाएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

विद्यालयको स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले आर्थिक संकलन अभियान मार्फत उक्क्त रकम जुटाएको हो । विद्यालयले आफ्नो ५० बर्ष पूरा गरेको अवसरमा आँउदो फाल्गुन १ देखि ५ सम्म विद्यालयले बृहत रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot