३ माघ, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोल, मट्टितेल र डिजेलको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र मट्टितेल र डिजेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।
भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।
नयाा मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१–८१ रुपैयाँ पुगेको छ ।
गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।