Logo

भिक्षु तपस्सी धम्म म्यान्मा प्रस्थान



काठमाडौँ, ५ माघ । वल्र्ड एलाइन्स बुद्धिष्ट विश्व बौद्ध भ्रातृत्वको बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा ९वर्मा० प्रस्थान गर्नुभएको छ ।

म्यान्माको बगानमा यही माघ ६ देखि १२ गतेसम्म चल्ने उक्त बैठकमा भाग लिन गएराति उहाँ त्यसतर्फ जानुभएको हो । नेपाल, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, लाओस, संयुक्त अरब इमिरेट्सलगायत २६ मुलुकको सहभागिता हुने छ । बौद्ध दर्शनको प्रवद्र्धनमा सहयोग गर्ने उक्त संगठनको प्रधान कार्यालय थाइल्याण्डमा छ ।

वल्र्ड एलाइन्स बुद्धिष्टको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका भिक्षु धम्मले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा बौद्ध शिक्षाको योगदानका बारे सहभागी देशका प्रतिनिधिलाई जानकारी गराउनु हुनेछ ।

नेपालका तर्फबाट भिक्षु धम्मले उक्त बैठकमा औपचारिक रुपमा सन् २०१९ मा नेपालमा बौद्ध दर्शनसम्बन्धी विश्व सम्मेलन गर्न प्रस्ताव गर्नुहुनेछ, त्यसमा छलफल भई अनुमोदन भएमा नेपालले सम्मेलन आयोजना गर्नेछ ।

करिब एक साताको अवधिमा त्यहाँ अन्तक्र्रियात्मक बैठक, धार्मिक गतिविधि, सम्पदास्थलको भ्रमणमा उहाँले सहभागिता जनाउनु हुनेछ ।

करिब २० हजार भिक्षुलाई भिक्षाटन ९दान० तथा सात हजार भिक्षुणीलाई बस्त्र दान गर्ने कार्यक्रममा चारुमती बुद्धिष्ट मिसनका समेत प्रमुख रहनुभएका भिक्षु धम्मको उपस्थिति रहनेछ । उहाँ यही माघ १३ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot