Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने



काठमाडौं, वैशाख २७ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा भोली शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुनेछ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो। शुक्रबार शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot