Logo

रियाल मड्रिडको खराब समय सकियो : जिदान



काठमाडौं, माघ ५ । स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिडले लेगानेजालाई १-० ले हराएको छ ।पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।

रियालको खराब समय सकिएको जिकीर उनको छ । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ । क्वाटरफाईनल पहिलो लेगका अन्य खेलमा बार्सिलोना र ईस्पानियोल, सेभिया र एथ्लेटिको मड्रिड तथा भ्यालेन्सिया र आलाभेज भिड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्