Logo

ओली–प्रचण्डवीच आज र भोलिभित्रै सबै कुरा टुँगो लाग्छ, पार्टी एकता हुन्छ : खनाल



काठमाडौं, ५ माघ । नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले एमाले–माओवादी केन्द्रवीच चाँडै एकता हुनेगरि गृहकार्य भैरहेको जानकारी दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘आज र भोलि नै हाम्रा दुई अध्यक्षहरुवीच भेटवार्ता भएर सबै कुरा खासगरी पद बाँडफाँड टुँगो लगाउनुहुन्छ, पार्टी एकता अब छिट्टै हुन्छ।’

उनले दुई नेताहरुमध्ये एक जना प्रधानमन्त्री र अर्को अध्यक्ष हुनेपनि विश्वास दिलाए । संवैधानिक जटिलताहरु भएकोले सरकार गठनमा केही ढिलाई भैरहेको उनको स्पष्टोक्ति थियो ।

नेताहरुले चुनावी नारा दिँदा नै यो प्रदेशको राजधानी यो ठाउँ हुन्छ भनेर सार्वजनिक रुपमा बोलेको उल्लेख गर्दै नेता खनालले भने,‘अरु प्रदेशको कुराहरु पनि छन्, तर ५ नम्बर प्रदेशको हकमा हामीले पनि राजधानी कपिलवस्तु हुनुपर्छ भनेर सार्वजनिक रुपमा कुरा उठाएकै हो, सबै हिसावले कपिलवस्तु उपर्युक्त हुन्छ।’ उनले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएकोले आन्दोलन हुनु जायज भएको समेत स्पष्ट पारे ।

उनले भने,‘अब आन्दोलन गर्नुभन्दापनि कसरी दुई तिहाई पुर्याउन सकिन्छ भन्नेतिर कसरत गर्नुपर्छ, तर सबै हिसाबले कपिलवस्तु उपर्युत छ, यो ऐतिहाँसिक छ, राजधानी बनेसँगै सिद्धार्थ गौतम बुद्ध जन्मेको ठाउँ नयाँ शहर बन्छ।’



प्रतिक्रिया दिनुहोस्