Logo

तीन नम्बर प्रदेशका कांग्रेस जिल्ला सभापतिहरु छलफलमा, नेतृत्वप्रति असन्तुष्ट



५ माघ, काठमाण्डौ । प्रदेश नम्बर ३ अन्तरगतका नेपाली काँग्रेसका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन् ।
जिल्ला सभापतिहरुले पछिल्लो समय कांग्रेस कमजोर देखिएको भन्दै छलफलमा जुटेका हुन् ।

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीभित्र विकृति मौलाउँदै गएकाले आफूहरु सुधारको पक्षमा भेलामा जुटेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्मको अवस्था र काँग्रेसी परिणामलाई लिएर छलफलमा जुटेका हुन् ।

उनले काँग्रेस अब कसरी अगाडि बढ्नु पर्छ भन्ने विषयमा आफूहरुको छलफलले निष्कर्ष निकाल्ने बताए ।

पार्टीको आन्तरिक कमी कमजोरीका साथै प्रदेश तीनको अस्थायी राजधानी हेटौडालाई बनाइएकोप्रति पनि छलफल केन्द्रित भएको थापाले बताए । हेटौडालाई अस्थायी राजधानी बनाएर सरकारले गल्ती गरेकोसमेत थापाले बताए ।

गोप्य छलफलमा धादिङ र ललितपुरका बाहेक क्षेत्र नम्बर ३ का सबै कांग्रेस जिल्ला सभापतिहरु सहभागी छन् ।
धादिङ जिल्लाका सभापति उपस्थित भएनन् भने ललितपुरका जिल्ला सभापति विदेशमा छन् ।



प्रतिक्रिया दिनुहोस्