Logo

प्रदेश राजधानी माग्दै सडकमा धर्ना



भक्तपुर, ५ माघ (रासस) : सानोठिमीलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ प्रदर्शन गरिएको छ ।

भक्तपुर, सानोथिमि, पेप्सीकोला हुँदै काठमाडौँ जाने सडकअन्तर्गत मध्यपुरथिमिको बाहाखा बजार चोकमा धर्ना दिएर प्रदर्शन गर्दै सरकारले हेटौँडालाई प्रदेश राजधानी तोकेकामा विरोध गरिएको थियो ।

सडक बन्द गराएर अपराह्न ३ बजेदेखि दुई घण्टासम्म जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्य शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, नगरपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र महिला, युवा एवं स्थानीय बासिन्दाले धर्ना दिएर नाराबाजी गरेका थिए ।

कार्यक्रममा नेताहरुले सरकारले भक्तपुर अस्थायी राजधानी बनाउने निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot