Logo

राष्ट्रपतिद्धारा बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी



काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गर्नुभएको छ ।

गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएपछि अध्यादेश जारी भएको हो ।



प्रतिक्रिया दिनुहोस्