Logo

राष्ट्रपति भण्डारी मोरङ जाँदै



काठमाडौं, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मोरंगको बेलबारीमा आयोजना हुने एक कार्यक्रममा सहभागिता जनाउन जाने कार्यक्रम रहेको छ ।

उनको भ्रमणबारे जिल्ला प्रशासन कार्यालय मोरंगले पुष्टि गरेको छ। कार्यक्रम अनुसार, बेलबारीस्थित जनता आधारभूत विद्यालयको स्वर्ण स्मारक उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले सहभागिता जनाउने छिन्।

यसका लागि राष्ट्रपति कार्यालयको बिशेष सुरक्षा बलले कार्यक्रमस्थलमा उपस्थिति जनाइसकेको मोरंग थलाहास्थित सुर्यदल गणका प्रमुख सेनानी इन्दिवर विष्टले जानकारी दिए। उनले भने, ‘उहाको यो पाचौं छैटौ भ्रमण हो। विशेष सुरक्षा बल र नेपाली सेनाले आ आफ्नो कार्य सफलतापूर्वक गर्नेछ।



प्रतिक्रिया दिनुहोस्