Logo

ओली–प्रचण्डवीच वान–टु–वान भेटवार्ता सुरु



काठमाडौं, ६ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता लगायतका विषयमा अन्तिम सहमति खोज्ने उद्देश्यका साथ बार्ता सुरु भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताहरुवीचको वान टु वान भेटवार्ता सुरु भएको हो । उनीहरुवीच मुख्य गरी तीनवटा विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

त्यस्तै दुई दलीय कायृदलले तयार पारेको राष्ट्रिसभा निर्वाचन सिट वाडफाड, प्रदेशसभा गठन र प्रदेश सरकार गठनमा पद वाँडफाड लगायतका विषयमा तयार पारेको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक दाचाका बारेमा पनि उनीहरुबीच छल हुने छ । दुई नेताबीच सहमति जुटाएर भोलिका लागि बोलाइएको एकता संयोजन समितिको बैठक थप छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा ओली र प्रचण्डबीच भोलिका लागि बोलाइएको एकता संयोजन समितिका लागि एजेण्डाका बारेमा पनि अन्तरङ कुरा हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्