Logo

पुर्व मन्त्री लेखक र कतारका प्रशासकीय बिकास, श्रम तथा सामाजिक मामिला मन्त्री बीच भेटवार्ता



७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा.इसा साद ए अल नैमी बिच भेटवार्ता भएको छ ।

नेपाली जनसम्पर्क समिति कतारद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन हाल कतारको राजधानी दोहामा रहनु भएका पुर्व मन्त्री लेखक र डा.इसा साद ए अल नैमी का बीच प्रशासकीय बिकास , श्रम तथा सामाजिक मामिला मन्त्रालय मा भेटघाट भएको हो ।

भेटका अवसरमा पुर्व मन्त्री लेखकले लाखौको संख्यामा नेपालीहरुलाई रोजगारको अवसर दिएकोमा कतार सरकारलाई धन्यवाद दिनुका साथै सन २००८ मा आफू श्रम तथा रोजगार मन्त्री हुदा भएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिता वारि जिज्ञासा् राख्नु भएको थियो ।

जवाफमा मन्त्री डा. इसा साद ए अल नैमीले सो सम्झौताले नेपाली कामदारहरुलाई कानुनी अधिकार प्रदान गरेको र सम्झौताले रोजगारदाता र कामदार दुबै पक्षलाई फायदा पुर्याएको बताएका थिए ।

भेटकै अवसरमा पुर्व मन्त्री लेखकले वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरुले समयमा तलब नपाउने, सम्झौता अनुसार काम र तलव नपाउने तथा एकचोटीमा १००० रियल भन्दा बढी रकम नेपाल पठाउन नपाउने समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

मन्त्री डा. इसा साद ए अल नैमीले सो समस्या लगायत अन्य समस्या समाधानको लागि द्विदेशीय संयुक्त समिती निर्माण गरि आवस्यक ब्यवस्था मिलाउनुको साथै ब्यक्तिगत तवरले पनि समस्याहरुलाई गम्भीरताका साथ लिई समाधानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

भेटको क्रममा लेखक संगै कतारका लागि नेपाली राजदुत प्रा.डा. रमेश कोइराला लागायत दूतावासका उच्चा अधिकारी समेत सहभागी हुन्हुन्थ्यो ।
नेपाली जनसम्पर्क समिती कतारको निमन्त्रणामा यही जनवरी १९ तारिख कतार गएका लेखकले त्यहाँ रहेका विभिन्न प्रवासी संघ संस्थाका प्रतिनिधि लगायत अन्य कुटनैतिक भेटघाटलाई तिब्रता दिएका छन ।



प्रतिक्रिया दिनुहोस्