Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, ७ माघ  : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

अस्पतालले बानियाटार युवा समाज, मात्सुमोतो हिमालयन मित्रता क्लब र जय शंकर बचत ऋण सहकारी संस्था लिमिटेड सहितका सामाजिक संस्थासँगको सहकार्यमा टोखा नगरपालिका अन्तर्गको धापासी सुर्यदर्शन हाइटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उपत्यका बिकास प्रधिकरणका प्रमुख आयुक्त डा भाईकाजी तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टोखा नगरपालीका वडा नं ३ र वडा नं ७ का वडा अध्यक्ष, समाजसेवी शंकर डंगोल तथा जापानी अतिथिहरुको समेत सहभागिता रहेको थियो ।

स्थानीय क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु तथा स्थानियको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा ६७ जना दाताले रक्तदान गरेका थिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले अस्पतालले यस कार्यलाई आप्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत निरन्तर रुपमा यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बताउनु भएको छ ।

अस्पतालको तर्फबाट रक्तदान कार्यक्रमलाई संयोजन गर्दै आइरहनुभएका बिनय रायमाझीले यस किसिमका रक्तदान कार्यक्रम गर्नुपरेमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई सम्झन स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नै अत्याधुनिक ब्लड बैङ्क रहेको हुनाले बिरामीका आफन्तले आवश्यक रगतका लागि विभिन्न ब्लड बैङ्कहरुमा भौँतारिरहनु पर्दैन ।

ब्लड बैङ्कमा यसरी दाताले दिएको रगत स्टोर गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै स्टोर गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

अस्पतालमा रगतको अभाव हुन नदिन ग्राण्डी अस्पतालको ब्लड बैङ्कले नियमितरुपमा यस्ता रक्तदान तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुको पनि रक्तसमूहको सूची बनाई समयसमयमा रक्तदान गराइँदै आइएको छ ।



प्रतिक्रिया दिनुहोस्