Logo

आजबाट तीन वर्षे बृहत्त राष्ट्रिय शिक्षा महाअभियान शुरु



‘कितावको किरो भएर हुँदैन, ज्ञानको हिरो हुनसक्नुपर्छ’ :  धमला
काठमाडौं, ८ माघ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा तीन वर्षे बृहत्त राष्ट्रिय शिक्षा महाअभियानको शुरुवात गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभियन्ता घिमिरेले शिक्षामा सिप, संस्कार र प्रविधिको खाँचो रहेको भन्दै उक्त अभियान सञ्चालन गर्नुपरेको बताएका छन् ।

बृहत राष्ट्रिय शिक्षा महाअभियानका अभियन्ता घिमिरेले महाअभियानका बारेमा स्पष्ट पार्दै नेपालको शैक्षिक पाठ्यक्रम ८० वर्ष पुरानो शैलीमा चलेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हाम्रो देशको शिक्षानीति र पाठ्यक्रममा निक्कै कम्जोरीहरु छन्, वर्षभरी पढेका कुराहरुको बारेमा तीन घण्टामा उसको मूल्याङकन गरिने अव्यबहारिक परिक्षा प्राणाली छ, यसको परिवर्तन हुनुपर्छ, हामी शिक्षाको विषयमा कही न कही चुकिरहेका छौँ, अब हामीले यस अभियानमा स्वरोजगारतथा उद्य्यमशीलताका लागि स्कुल तहबाटै एक विद्यार्थी एक सीपको कार्यक्रम लागु गर्ने, प्रत्येक प्रदेशमा स्थानीय आवश्यकताअनुरुप पाठ्यक्रम निमार्ण गर्न सुझाव दिने, सार्वजनिक शिक्षामा व्यापक सुधार र परिवर्तन गर्ने पक्षमा उभ्याउने, विद्यार्थी प्रति अविभावकलाई जवाफदेही बनाउने, लगायतका कार्यहरु लिएर अघि बढ्दैछाँै ।’

त्यस्तै कार्यक्रममा नेपाल–अमेरिका फ्रेन्डसीप सोसाईटीका अध्यक्ष एवम् वरिष्ठ शिक्षाविद् डा. नकुल बानियाँले शिक्षामा विशेषज्ञताको खाँचो औल्याएका छन् । उनले भने,‘हाम्रो शिक्षा नीतिमा धेरै प्रकारका असजता छन्, यस अभियानले केही राहत हुनेछ, हामी पनि यस्ता क्रियाकलापको नजिकै छौँ, हाम्रो यस अभियानलाई पूर्ण साथ छ।’

शिक्षाविद् डा. महाश्रम शर्माले शिक्षामा आमुल परिर्वतन ल्याउनको लागि दुष्ट्रिकोणमा परिर्वतन ल्याउनुपर्ने बताएका छन् । उनले भने,‘हामीले शिक्षामा आमुल परिर्वतनका कुरा गरेका छौँ,यसलाई साँच्च व्यबहारमा उर्तानको लागि हर व्यक्तिको दुष्टिकोणमा परिर्वतन हुनुपर्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले वर्तमान शिक्षा प्राणालीलाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । उनले भने,‘कितावको किरो भएर हुँदैन, ज्ञानको हिरो हुनसक्नुपर्छ, दक्ष जनशक्ति निमार्ण गर्नको लागि, शैक्षिक प्रगति र समय सापेक्ष बनाउनको लागि शिक्षाविद्को सुझाव र सरकारमा जानेहरुसँग गहिरो वहस गर्नुपर्छ, म त्यसको लागि तयार छु, रिपोर्टर्स क्लबले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्डसँग छलफल गर्छ, मिडियाले पनि यस अभियानलाई साथदिनु पर्छ ।’

ह्यूमेनिटेरियन सोसाईटी अफ नेपालका अध्यक्ष महेश कुँवरले आजको शिक्षानीतिमा नैतिक शिक्षा र सिकाई प्राणालीको खाँचो रहेकोमा जोड दिएका छन् ।

उनले भने,‘विगत लामो समयदेखी मैले नैतिक शिक्षाको बारेमा भन्दै आएको छु अरु धेरै कुराहरु मात्र गरेर हुँदैन, हाम्रो शिक्षा नतिकवान हुनुपर्छ, शिक्षक, विद्यार्थी र समाजले यस कुरामा गम्भिर बन्नुपर्छ, समाजिक अभियान्ता, पत्रकार, राजनीतिक कर्मी, र कर्मचारीहरु आफ्नो पेसाप्रति कर्तव्य निष्ट भएर शिक्षा क्षेत्रको विकासमा लागेमा समाज र शिक्षा क्षेत्रमा आमुल परिर्वतन सम्भव छ।’

अभियानबारे आयोजकले दिएको जानकारी अनुसार माघ ८ गते पत्रकार सम्मेलन, माघ ९ गते चितवन प्रस्थान, माघ १०, ११ र १२ गते चितवनका विभिन्न स्कुलमा कार्यक्रम, माघ १३ गते चिवन, मकवानपुर, नवलपरासी, रुपन्देही लगायत अन्य जिल्लाका करिब ३०० स्कुल प्रिन्सिपल सम्मिलित सेमिनार गर्ने, माघ १४ गते, १५ र १६ गते बुटवल, नवलपरासी तथा आसपासका स्कुलका कार्यक्रम गर्ने, माघ १७ गते काठमाडौं प्रस्थान गर्नेछ । आयोजकले आगामी फागुण ५ गतेसम्मको विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्याबसन नेपालका कार्यवाहक अध्यक्ष डिके ढुङगाना, शिक्षासेवी विके प्रधान, पुरुषोत्तम दाहाल, बद्रीप्रसाद दाहाल लगायतले शिक्षामा आमुल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन पत्रकार हरिष डिसीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्