Logo

प्रचण्डको नयाँ प्रस्तावमा बादल तयार, नारायणकाजीले मानेनन



काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्व र पार्टीका सातै वटा प्रदेशका इञ्चार्जसहितको बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दिनसम्म चलेको बैठकमा राष्ट्रियसभा निर्वाचनमा उम्मेद्धवार चयनबारे छलफल भएको थियो । त्यस्तै, प्रदेश सरकार गठन र केन्द्रदेखि प्रदेशसभार्मा एमाले र माओवादी सिट बाँडफाड, उम्मेदवार छनोट लगायतका विषमा विस्तृत रुपमा छलफल भएको एक नेताले जानकारी दिए ।

बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार राष्ट्रियसभा सदस्यका लागि भाग परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । तर माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा अध्यक्ष प्रचण्डले नेताद्धय रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ प्रकाशलाई राष्ट्रिय सभामा उम्मेद्धवार बनाउनेगरि प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा बादल सकारात्मक देखिएपनि नेता श्रेष्ठले भने सिधै रिजेक्ट गरिदिएका थिए ।

मंगलबार बस्ने शीर्ष तीन नेता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ बसेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउने बताइको छ ।

बैठकमा एमालेसँगको पार्टी एकता, पछिल्लो राजनीतिक अवस्था, एकता प्रक्रियाको अवस्था, एकतामा पार्टीको संगठनात्मक र वैचारिक राजनीतिक अडान, नेतृत्व वाडफाड, केन्द्रदेखि वडासम्म कस्ता पार्टी संरचना हुने जस्ता विषयमा गहन छलफल भएको बताइएको छ । राष्ट्रियसभा सदस्यका निर्वाचन आगामी माघ २४ गते हुँदै छ भने बुधबार उम्मेदवारको मनोनय गर्ने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्