Logo

राजपा र फोरमले भोलि वाम गठबन्धनसँग छलफल गर्ने



काठमाडौं, ८ माघ । राष्ट्रिय सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु तालमेलको लागि आन्तरिक छलफलमा जुटेका छन् । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले निर्वाचनमा तालमेल गर्ने उद्देश्यले भोलि वाम गठबन्धनसँग छलफल गर्ने भएका छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रनारायण यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलि विहान ९ बजे वाम गठबन्धनका नेताहरुसँग चुनावी तालमेलबारे विशेष छलफल गर्ने कार्यक्रम रहेको छ । यता राजपा नेपालले यसअघि कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्