बिश्वनाथ सिम्खाडाः कालिकोट, ८ माघ । एकसाता अघिदेखि कालिकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रण गर्न भाइरल प्रर्भावित क्षेत्रमा स्वाथ्य कर्मिहरुको टोलि पठाइएको जिल्ला स्वाथ्य प्रमुख डा.कौशल अलीले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै प्रमुख अलीले यस्तो बताएका हुन । उनले भने,‘साधाहरण तया एक महिना अघि देखि राष्कोट नगरपालिका र पलाता गाउँपालिकाबाट शुरु भएको ज्वरोले ठूलो रुपलिइ खाडाचक्र नगरपालिका वडा र्न २ र ४ मा ३ जना वालवालिकाको मृत्यु भएपछि विरामिको मानसिकतामा डरपैदा हुन खाजेको हुनाले हामीले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाईसकेका छौँ।’
जिल्ला अस्पताल कालिकोटमा औषधि भएपनि भाइरल प्रभावित क्षेत्रमा औषधी नपाएको सर्वत्र गुननासो आइरहदा प्रमुख अलिले आज मात्रै एक मिनि ट्रक औषधि जिल्ला अस्पतालमा पुगेको र अवस्था हेरेर थप औषधीका लागि क्षेत्रिय कार्यलयमा मागगर्ने र चेकजाचको लागि विशेषज्ञ टोलिको मागगर्ने बताएका छन् ।
जिल्लाको खाँडाचक्र नगर पालिकाका प्रमुख जसिप्रसाद पाण्डेले भाइरल ज्वरो नियन्त्रण गर्न खाडाचक्र नगर पालिकाका ११ वटै वडाहरुमा वडा अध्यक्ष र सदस्यहरुलाई प्रभावित क्षेत्र र भाइरलको अवस्था बुझि औषधीको कमि हुन नदिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै साक्षात्कारमा प्रमुख जिल्ला अधिकारी बर्दीनाथ गैरे र साहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बढ्दो भाइरल ज्वरोलाई नियन्त्रण लिन प्रयास भैईरहेको जानकारी दिए ।
औषधी र चिकितसकको टोली कालिकोटमा ल्याउने वातावरण पनि गर्ने भन्दै निमित्त प्रहरी प्रमुख निरज चौलगाईले शुरक्षाको दृष्टिकोणले वा कालिकोटका स्थानिय तहमा रहेको प्रहरी चौकिहरुमा पनि निर्देशन गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्रत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे , मानिव अधिकार कर्मि तथा प्रत्रकार कालि वहादुर मल्ल, स्वाथ्यकर्मी कटक महत, नेकपा एमालेका नेता जगदिश शाही , सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजया विश्वकर्मा, प्रत्रकार रत्न कार्की, विष्णु न्यौपानेले भाइरल ज्वरो नियन्त्रण भइसक्यो भनेर ढुक्क नहुन र औषधिको अभाव अझै पनि भाइरल प्रभावित क्षेत्रमा रहेको भन्दै सरकारी संस्थाका व्यक्तिहरुको ध्यानाकर्षण गराएका छन् ।
साथै साक्षात्कारमा सहभागी पत्रकारहरुले जिल्लाका ९ वटै स्थानिय तहमा सिआरआरटि समितिको गठन हुनुपर्ने सुझाव दिएका छन् ।