Logo

कांग्रेसले चुनावमा हारेका नेतालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने



९ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले चुनावमा हारेका कुनै पनि नेतालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउने बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खाँडले राष्ट्रियसभामा चुनाव नलडेका नेताहरुलाई मात्रै उम्मेदवार बनाइने बताएका हुन् ।

“भर्खरै सम्पन्न प्रतिनिधिसभाको चुनावमा हारेका नेतालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको नीति छैन ।”
नेता खाँडले राष्ट्रियसभाको उम्मेदवारको विषयमा आजै टुङ्गो लगाइने बताएका छन् ।

सुदूरपश्चिमबाट बद्री पाण्डे र तारा भट्टको नाम टुङ्गो लागेको जानकारी दिदै खाँडले पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई उम्मेदवार नबनाइने स्पष्ट पारे ।

“जुन चर्चा भइरहेको छ, त्यो पार्टी भित्र होइन, बाहिरको अफवाह मात्रै हो ।” खाँडले भने ।
राजपा र संघीय समाजवादी फोरमसँग राष्ट्रियसभामा तालमेलका लागि कुरा भइरहेको खाँडले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्