Logo

उपेन्द्र वाम गठबन्धनसँग नजिकिँदै, ओली-प्रचण्डसँग गरे सम्वाद



काठमाडौं, ९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय वाम गठबन्धनका नेताहरुसँग सम्पर्क बढाएका छन् ।

राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गरेको बेला अध्यक्ष यादवले वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद अघि बढाएका हुन् । खासगरी २ नम्बर प्रदेशमा उनले वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने मनशाय बनाएका छन् ।

उनले २ नम्बर प्रदेशमा तीन सिट माँगेका छन् । तर, यसबारेमा वाम गठबन्धनले साझा धारणा बनाउने र अनि सहमतिमा पुग्ने संकेत गरेका छन् ।
यता राजपा र फोरमले पनि आज संयुक्त रुपमा एमालेसँगमात्रै छलफल गरिरहेको छ ।

राष्ट्रिय सभा चुनावको बारेमा छलफल भैइरहेको जनाईएको छ । दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो ।

काँग्रेससँग पाँच सीटको दावी गर्ने राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग ६ सीटको दावी गरेको छ । काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म जानकारी गराएको छैन । माघ ६ गते यी दुई पक्षकोबीचमा कुराकानी भएको थियो ।

स्रोतका अनुसार राजपा र फोरमले पाँच सीटको दावी गरेपछि काँग्रेसले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएको थियो ।



प्रतिक्रिया दिनुहोस्