Logo

टिपरको ठक्करबाट महिलाको मृत्यु



चितवन, १० माघ : भरतपुर महानगरपालिका–१० गैंडाचोकमा टिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१ की ३६ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भट्टको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर चालक मृतकका छोरालाई भने केही नभएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्