Logo

माल्भिकाले निखार्नेछिन मारवाडी युवायुवतीको प्रतिभा



काठमाडौं,  ११ माघ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले मारवाडी युवा युवतीको प्रतिभा निखार्ने भएकी छन् । उनले ‘फेस अफ मारवाडी’ प्रतियोगिता मार्फत उनीहरुको प्रतिभा निखार्ने भएकी हुन् ।

पेजथ्री हट कल्चरले मारवाडी समुदायका युवा युवतीको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र बिस्तार गर्ने उद्धेश्यका साथ मरवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ । जसको कोरियोग्राफरमा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका फाइनल भएकी छन् ।

आयोजक पेजथ्री हट कल्चरले बिहीबार एक बिज्ञप्ती जारी गर्दै ‘फेस अफ मारवाडी’को आवेदन खुल्ला भएको जानकारी गराएको हो । १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्री हट कल्चरको कार्यलय नक्साल तथा सिटी सेन्टरबाट आवेदन फर्म उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी १७ फेब्रुअरीदेखि ३ मार्चसँग हुनेछ । पहिलो चरणको अडिसन काठमाडौ, बिराटनगर, वीरगञ्ज, बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ ।

प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतको प्रशिक्षण सहित अन्तिम प्रतिस्पर्धामा उतारिने पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा आगामी ७ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।

प्रतियोगितामा शिर्ष सहित विभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्