Logo

चिनियाँ राजदूत यु होङ पोखरामा



पोखरा, माघ ११ :  नेपालका लागि चिनियाँ राजदूत यु होङ बिहीबार पोखरा आएकी छन् । नेपाल चीन जनमैत्री संघको आयोजनामा शुक्रबार पोखरामा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन उनी पोखरा आएकी हुन् ।

राजदूत होङलाई पोखरा विमानस्थलमा पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वप्रकाश लामिछानेले स्वागत गरे । स्वागत लगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकन गरिन् ।

उनले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास गर्न सके आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले पोखरामा आउने आन्तरिक र बाह्य पर्यटकबारे चासो दिएकी थिइन् ।

उपमेयर गुरुङले पोखरा प्राकृतिक छट्टाले भरिपूर्ण शहर भएको बताउदै यहाँ प्राकृतिक सम्पदाको संरक्षका आवश्यक रहेको बताइन् । चिनिया नयाँ वर्षको उपलक्ष्यमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी पोखरा आएकी हुन् ।

शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति दिने नेपाल चीन–जनमैत्री संघ पोखराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्