Logo

नेपाल प्रहरी र सशस्त्रमा गरिएको चलखेलेप्रति एमालेको आपत्ति



१२ माघ, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल प्रहरीभित्र अहिलेको सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन् । मनपरी रुपमा डिआइजीको संख्या बढाउने खेलमा सरकार लागिपरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पोखरेलले नेपाल प्रहरी र शसस्त्रमा मनपरी ढंगले पद बढाउन लागेकोप्रति एकालेको विरोध रहेको बताए ।

“त्यसको विधि हुन्छ कि हुँदैन ? प्रक्रिया हुन्छ कि हुँदैन ? दनादन बढाएको छ ।” पोखरेलको प्रश्न थियो ।

प्रहरीको कार्यअवधिको सिमालाई यताउता पार्न नहुने उनको भनाई थियो । जे मन लाग्यो त्यही गर्ने हो भने राज्य संचालनमा नै अप्ठ्यारो पर्ने पोखरेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्