Logo

देउवाले देश कंगाल बनाउने निर्णय गरेको भन्दै रावलले दिए चेतावनी



अछाम, १२ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय अब बन्ने वाम गठबन्धनको नयाँ सरकारले उल्टाउने चेतावनी दिएका छन्।

प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने बताएका हुन् ।

सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय देशलाई कंगाल बनाउने कदम भएको उनको भनाइ थियो । उनले भने,‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन, सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।’



प्रतिक्रिया दिनुहोस्