Logo

बिभिन्न देशका मेडिकल स्टुडेन्टहरु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा



काठमाडौं, १२ माघ । पूर्बी एशियाका बिभिन्न देशका मेडिकल स्टुडेन्ट हरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अवलोकन भ्रमण गरेका छन् ।

नेपालमा जारी ३१ औं इष्ट एशियन मेडिकल कन्फ्रेन्समा सहभागि हुन नेपाल आएका उनीहरुले आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भ्रमण गरेका हुन ।
हरेकबर्ष पूर्बी एशियाका बिभिन्न देशहरुमा आयोजना हुदै आएको कन्फ्रेन्स यस बर्ष भने नेपालमा आयोजना गरिएको हो ।

अवलोकन भ्रमणपछि ग्राण्डी अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अशोक बर्धन चोर्डियाले नेपालको स्वास्थ्य उपचार क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

उहाँले देसका दुर्गम भागका नबजात शिशुहरुलाई समेत चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुबिधा सम्पन्न एमबुलेन्स र हेलिकप्टर इमरजेन्सी एम्बुलेन्स सेवा ९एचइएमएस० को माध्यमबाट शिशुको उद्धार गरी अस्पताल ल्याएर उपचार गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । ३५ वटा बिशेषज्ञता सेवा एकै छानामुनी उल्लेख गर्दै उहाँले अस्पतालमा संचालित ह्यान्ड हाइजिन प्रोग्राम तथा एन्टिवायोटिक स्टिवर्डसिप प्रोग्रामले उपचार सेवाको गुणस्तरलाई खास उचाई प्रदान गरेको समेत जिकीर गर्नुभयो ।

त्यसैगरी, अस्पतालका कन्सल्ट्यान्ट पेडियाट्रिक पल्मोनोलोजिष्ट डा। अमृत घिमिरेले नेपालको बाल स्वास्थ्य तथा नीजि अस्पतालहरुले खेलेको भुमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँले ग्राण्डी अस्पतालको नियोन्याटल केयर युनिटमा नबजात शिशुको सघन उपचारकालागि उपलब्ध बिश्वस्तरिय सेवा तथा बिशेषज्ञताबारे समेत जानकारी गराउनुभएको थियो ।

कन्फ्रेन्सको यस बर्षको थिम “म्याटरनल एण्ड नियोन्याटल हेल्थ” रहेको र बर्थिङ सेन्टर तथा नबजात शिशुहरुका लागि सघन उपचार एनआइसियु यस बिषयमा काम गर्ने उत्कृष्ट अस्पतालका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवलोकन भ्रमणमा आएको सहभागिहरु मध्येकी एक नेपाली मेडिकल स्टुडेन्ट आकृति ढकालले बताएकी छन् ।

भ्रमण टोलीमा जापान, सिंगासुर, चीन, ताइवान, इण्डोनेशिया, साउथ कोरिया,थाइल्याण्ड, मलेशिया, फिलिपिन्स र नेपालका ७० जना भन्दा बढी मेडिकल स्टुडेन्टहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्