Logo

कोमल वलीलाई राष्ट्रियसभा लगिएकोमा एमालेमा आवद्ध कलाकारहरुको आपत्ति



१३ माघ, काठमाण्डौ । नेकपा एमाले निकट संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले राष्ट्रियसभामा गराएको कलाकारको प्रतिनिधित्वप्रति आपत्ति प्रकट गरेको छ ।

मञ्चले लामो समयदेखि एमाले निकट रहेर कलाकारितामार्फत पार्टीलाई योगदान दिने व्यक्तिलाई टिकट नदिएर केही समयअघि मात्रै पार्टी प्रवेश गरेकी कोमल वलीलाई टिकट दिएकोप्रति असन्तुष्टी जनाएको हो ।

विगतमा जनवादी गित गाएर पार्टीलाई योगदान दिने कलाकार हुँदाहुँदै राजावादी पृष्ठभूमिबाट आएकी वलीलाई राष्ट्रियसभमा पठाउनु गल्तीभएको मञ्चले ठहर गरेको छ ।

“जसले जनवादी गित गायो, कम्युनिष्ट क्रान्तिलाई सहयोग गर्यो, उसलाई विस्थापित गर्नु अस्वभाविक हो ।” मञ्चका एक कलाकारले भने ।
तर कतिपयले भने आफूले नपाएकोमा आपत्ति जनाएको आरोप लगाएका छन् ।

“कतिपयले त वली थर भएकै कारण पनि आपत्ति जनाएका छन् ।” एमालेका एक नेताले रिपोर्टर्स क्लब डटकमसँग भने ।

संविधानअनुसार महिला समेट्नु पर्ने अर्थात क्लस्टर मिलाउँनुपर्ने भएकाले वलीले मौकापाएको एमाले नेता केशब बडालको भनाईछ ।
एमाले नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई लगायतले नेताको चाकडी गरेकै भरमा भेदभाव भएको गुनासो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्