Logo

भीम आचार्यको शेरधनलाई चूनौति : मुख्यमन्त्री प्रदेश तहबाटै टुँग्याईन्छ



काठमाडौँ, १३ माघ । नेकपा एमालेका सचिव भीम आचार्यले प्रदेश तहबाटै मुख्यमन्त्री चयन गरिनुपर्ने बताएका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दाबेदार समेत रहेका आचार्यले मुख्यमन्त्रीको चयन गुटका आधारमा नहुने पनि जिकिर गरेका हुन । सचिव आचार्यले भने,‘मुख्यमन्त्री पनि गुटले होइन, योग्यता, क्षमता र अनुभवका आधारमा हुन्छ ।’ उनले पार्टीको विधि र प्रक्रियाबाट मुख्यमन्त्री चयन हुने भए पनि सामाजिक सञ्जाल र मिडियामा बढी हल्ला भएको भन्दै असन्तुष्टि जनाएका हुन ।

प्रदेश नम्बर १ मा अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला नेता शेरधन राई मुख्यमन्त्रीको दाबेदारको रुपमा चित्रण गरिएको बेला सचिव आचार्यको यस्तो अभिव्यक्ति आएको हो । उनको अभिव्यक्तिले राईलाई चूनौति दिएको एमालेकै एक नेताले जनाए ।



प्रतिक्रिया दिनुहोस्