Logo

अपाङ्ग कोटाका बाम उम्मेदवारको उम्मेदवारी खारेज, पन्थ सर्वसम्मत



१३ माघ, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको छ ।

उनी एमालेतर्फबाट अपाङ्गता भएकाको कोटामा उम्मेदवार बनेका थिए । उनले पेश गरेको अपाङ्गताको परिचयपत्र नयाँ निर्देशिका अनुसार नभएको निर्वाचन आयोगको ठहर छ ।

उनले समाज कल्याण मन्त्रालयबाट २०५७ को निर्देशिका अनुसार २०६२ साल असार ३ गते अपाङ्गता परिचयपत्र लिएका थिए । तर २०६५ मा नयाँ निर्देशिका आएपछि उनको परिचयपत्र फेरिएको थिएन । प्रतिश्पर्धी काँग्रेस उम्मेदवार प्रकाश पन्थले परिचयपत्र नभएको भनि उजुरी दिएपछि निर्वाचन आयोगले छानविन थालेको थियो ।

आयोगको निर्देशन पनि उनले मनोनयन पछि मात्रै नयाँ परिचयपत्र पेश गरेका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । थापाले माघ १२ गते मात्रै जिल्ला प्रशासनबाट नयाँ परिचयपत्र ल्याएर आयोगमा पेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्