Logo

भारतको विकासबाट नेपालले सिक्नुपर्छ : नेताहरु



काठमाडौँ, १३ माघ : नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।

भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज अपराह्न ललितपुरमा आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले बहुआयामिक नेपाल–भारत सम्बन्ध २१औँ शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।

दुईदशकपछि भारतमा एकमना सरकारले राज्य सञ्चालन प्रारम्भ गरेसँगै आर्थिक, सामाजिक, भौतिक प्रगतिको मार्गमा अग्रणी मुलुकका रुपमा आफूलाई भारतले चिनाएकाले उसको प्रगतिबाट नेपालले सिक्नुपर्ने उनीहरुको कथन थियो ।

पूर्वमन्त्री पशुपतिशम्शेर जबराले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबी घटाउने र जनतालाई फाइदा पुग्ने धेरै सुधारका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले पनि सुशासन प्रवद्र्धन एवं जनजीविकाका सवालमा भारतबाट धेरै सिक्न सक्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै असमान सन्धिको समीक्षा गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल र समीक्षा गर्न प्रबुद्ध व्यक्ति समूह ९इपिजी० गठन भएको बताउनुभयो । उहाँले इपिजीबाटै २१औँ शताब्दी सुहाउँदो दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा पु¥याउन सिफारिस हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले विशाल, शक्तिशाली र समृद्ध भारतले आफ्नो सुरक्षा चासोलाई नेपालसँग स्पष्ट रुपमा प्रस्तुत गरेर पारस्परिक साझेदारीका साथ नेपालसँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संघीय गणतन्त्र नेपाल निर्माणमा भारतको सद्भाव रहेको र तत्कालीन नेकपा ९माओवादी० र सरकारबीच बाह्रबुँदे सहमति भारतमा नै हुनुले त्यसको पुष्टि गर्छ भन्नुभयो ।

अर्का पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भूपरिवेष्टित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न भारतले सघाउनुपर्ने विचार व्यक्त गर्दै राष्ट्रवादका चर्का कुरा सडकमा गरेर द्विपक्षीय सम्बन्धमा आँच आउने गतिविधि कहीँ कतैबाट हुनुहुँदैन भन्नुभयो ।

पूर्वमन्त्री अनिल झाले नेपाल र भारतबीचको अतुलनीय सम्बन्धलाई थप सुदृढ तुल्याउन एक अर्काले पिरमर्का बुझ्नुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले लुम्बिनी, पशुपति र मुक्तिनाथ हरेक भारतीयका निम्ति गन्तव्यस्थल भएका र शताब्दीयाँैदेखिको सांस्कृतिक सम्बन्धलाई तिनले थप घनिभूत तुल्याएका चर्चा गर्दैैै भारत–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा आपसी सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्