Logo

युवा स्वरोजगारमा अर्थमन्त्री कार्कीको जोड



इनरुवा, १३ माघ (रासस) : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि युवाको महत्वपूर्ण योगदान रहने भएकाले युवा स्वरोजगारमा जोड दिनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार हाम्रो सञ्जाल नेपालले आयोजना गरेको सञ्जालको विशेष साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्कीले ग्रामीण क्षेत्रको कृषि भूमिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरी उच्च प्रविधिसहित आर्थिक उन्नतिमा मुलुकलाई लानुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकासका लागि नेपालको कृषि, व्यापार, पर्यटन र खोला नालाको सदुपयोग गरी विद्युत् निकाल्न सक्ने सम्भावना भएकाले यसतर्फ आफूहरु र राज्य लागिपरेको बताउनुभयो ।

कार्कीले देश विकास गर्नका लागि आर्थिक स्रोत आवश्यक पर्ने भएकाले आर्थिक उपार्जनका लागि स्थानीय स्रोतसाधनलाई सदुपयोग गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।



प्रतिक्रिया दिनुहोस्