Logo

नेतृत्व र नीतिका बारेमा महाधिवेशनले टुङ्गो लगाउँछ : सुरेन्द्र पाण्डे



१४ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले चुनावमा भाग लगाउँदा ६०–४० को लगाएपनि नतिजा ७०–३० को आएकाले छलफल गरे एमाले र माओवादीबिच पार्टी एकता हुने बताएका छन् ।

ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले चुनावले दुवै दलको शक्ति कति छ भन्ने प्रष्ट पारेकाले त्यसैको आधारमा एकता गरिने बताएका हुन् । यद्यपी मापदण्ड बनाउँदा ६०–४० कै आधारमा पनि हुन सक्ने बताउँदै उनले सबै कुरा छलफलबाट निष्कर्षका पुगिने बताए ।

नेतृत्वको विषयमा महाधिवेशनसम्म जानका लागि एउटा मापदण्ड बनाएर पदीय भागबण्डा गर्ने उनको भनाई छ । पार्टीलाई सहज रुपमा अगाडि बढाउनका लागि संरचना तयार परिने पाण्डेले बताए ।
महाधिवेशनमा गएर नेतृत्व र नीतिका बारेमा छलफल गरेर निर्णय गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्