Logo

विमल घर्तिमगर भारतीय क्लब मोहन बगानमा अनुबन्ध



काठमाडौं, १४ माघ । भारतीय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ ।

अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै कुरा खुलाइएको छैन ।

विमल आइतबार नै कोलकात्ता जानेछन् र सोमबारदेखि अभ्यास खेल सुरु गर्ने गोल डट कमले जनाएको छ । कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाको चौथो स्थानमा छ । अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्