Logo

आलाभेजविरुद्ध २-१ को बार्सिलोनाको संघर्षपूर्ण जित



नाउ क्याम्प, १५ माघ : स्पेनिस ला लिगामा हालसम्म अपराजित यात्रालाई कायमै राख्ने क्रममा आइतबार आलाभेजविरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्न सफल भएको छ।

बार्सिलोनाको होम ग्राउण्ड क्याम्प नाउ रंगशालामा भएको खेलमा लिग लिडर बार्सिलोना पहिलो हाफमा पछि परेर पनि २-१ ले विजयी भएको हो।

खेलको २३ औं मिनेटमा जोन गुइडेट्टीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना १–०ले पछि पर्‍यो। पहिलो हाफमा पछि परेको घरेलु टोली बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पार्‍यो। ७२ औँ मिनेटमा लुइस स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए।

खेल सकिन ६ मिनेट बाँकी हुँदा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए। जितपछि शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५७ अंक भएको छ । ऊ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ तथा चौथो स्थानको रियल मड्रिड भन्दा १९ अंकले अघि छ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० तथा लेगानेसले स्पानियोललाई ३–२ ले हरायो । सेभिल्ला र गेटाफेले १–१ को बराबरी खेल्दै अंक बाँडे। एजेन्सी



प्रतिक्रिया दिनुहोस्