Logo

रक्तदान कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सहभागिता



काठमाडौँ, १५ माघ : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आज रक्तदान कार्यक्रममा सहभागि भएको छ ।

अस्पतालले सामाखुसी गोंगबुमा रहेको सुप्रिम कलेजले बार्षिकोत्सबको उपलक्षमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा रक्तसंचार बिशेषज्ञ चिकित्सक तथा ब्लड बैंकका स्टाफहरु सहित सहभागि भएको हो ।

रक्तदान कार्यक्रममा सुप्रिम कलेजका शिक्षक शिक्षिका कर्मचारी तथा छात्रछात्राहरु तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापनाकाल देखी नै रक्तदानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राथमिकतामा राखेर निरन्तर यस किसिमका कार्यक्रममा सहभागिता जनाउँदै आएको छ ।

अस्पतालको तर्फबाट रक्तदान कार्यक्रमलाई संयोजन गर्दै आएका बिनय रायमाझीले समुदायका कुनैपनि संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा सहयोग गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तयार रहेको बताएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नै अत्याधुनिक ब्लड बैङ्क रहेको हुनाले बिरामीका आफन्तले आवश्यक रगतका लागि विभिन्न ब्लड बैङ्कहरुमा भौँतारिरहनु पर्दैन ।

ब्लड बैङ्कमा यसरी दाताले दिएको रगत स्टोर गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै स्टोर गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

अस्पतालमा रगतको अभाव हुन नदिन ग्राण्डी अस्पतालको ब्लड बैङ्कले नियमितरुपमा यस्ता रक्तदान तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुको पनि रक्तसमूहको सूची बनाई समयसमयमा रक्तदान गराइँदै आइएको छ ।



प्रतिक्रिया दिनुहोस्