Logo

राजधानीमा नक्कली डाक्टरको बिगबिगी, १२ जना पक्राउ



५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक नगरिएको बताइएको
छ ।



प्रतिक्रिया दिनुहोस्