रमेश बजगाई, कैलाली माघ १५ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमै पहिलोपटक नेपालमा बहुमतको सरकार बन्न लागेको बताएका छन्।
भजनी महोत्सबको उद्घाटन गर्न कैलाली आईपुगेका अध्यक्ष प्रचण्डले देशको बिकासका लागि स्थिर सरकार बन्ने दाबी गरेका हुन् । पार्टि एकता र सरकार गठन प्रक्रिया संगसंगै अगाडि बढ्ने उनले बताए । जनताले बाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले पार्टी एकता गर्नुको बिकल्प नरहेको प्रचण्डले बताए ।
पार्टी एकतामा केही समस्या भए पनि चाडैनै पार्टी एकता हुने बताए । भजनी क्षेत्रको बिकासका लागी आयोजक भजनी उद्योग बाणिज्य संघले प्रचण्डलाइ १५ सुत्रीय माग पत्र बुझाएका छन ।
कला, साहित्य, कृषि, शिक्षा र ब्यापार हाम्रो पहिचान भजनी क्षेत्रको सर्वागिण विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ २४ गते सम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक प्रेमराज जैशीले जानकारी दिए ।
महोत्सवमा बिभिन्न ९० वटा ब्यापारीक स्टल राखिएका छन । महोत्सवमा रमाईलो मेला, कृर्षि प्रर्दशनी, थारु गाउ“, मगर गा“उ लगायत बिभिन्न संस्कृति भल्कने स्टल समेत राखिएको आयोजकले जनाएको छ । महोत्सवमा करीब ५० लाख बराबरको कारोबार हुने आयोजकले दावि गरेको छ ।