Logo

प्रचण्ड र रमेशनाथ पाण्डेवीच गोप्य भेटवार्ता



काठमाडौं, १५ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बामपन्थी गठबन्धनको सरकार बनाउने प्रयास नाजुक चरणमा पुगेकै बेलामा हिजो बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पान्डेसग गोप्य वार्ता गरेको खुलासा भएको ।

ललितपुर सिडीओ कार्यालयसँग जोडिएको घरमा प्रचन्ड र पाण्डेबीच करिब आधा घन्टा भन्दा बढि सरसल्लाह भैरहेको थियो । स्रोतका अनुसार प्रचण्ड र पाण्डेवीच गोप्य छलफल भैरहदा एमाले अध्यक्ष केपी ओली र माओवादी नेता रामबहादुर थापा बादल भने अर्कै कोठामा प्रचण्डलाई कुरिरहेका थिए ।

कालो ओभरकोट र कालो टोपीमा आउनु भएका पान्डेलाई कडा सुरक्षा घेरा पन्छाएर प्रचण्डका निजी सचिबले घरभित्र लगेको प्रचण्ड निकट उच्च स्रोतको दाबी छ ।

तर भेटपछि भने भित्रबाटै मोटरमा निस्कनु भएका पान्डेसँग टेलिफोनमा पनि सम्पर्क हुन सकेन ।

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot