Logo

माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई



तेह्रथुम, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि हट्नै नसक्ने बताएका हुन् । उनले दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी एकतालाई बल पुर्‍याउने बताए ।

माघ महिनाभित्रै सहमतिबाटै मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने उनको भनाइ थियो । सचिव भट्टराईले पार्टी एकीकरणपछि कम्युनिस्ट सरकारले लोकप्रिय काम गर्ने र त्यसैका कारण आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबीसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot