Logo

अवैध धनलाई प्रोत्साहन गर्नुहुँदैन् : डा. शर्मा



काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका छन् ।

उनले भने,‘यदि ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरुले छुट पाउँछन्, ब्युरोक्रेटहरुले छुट पाउँछन्, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि लिगल बनाउने क्रम सुरु हुन्छ, त्यसैले यस्तो काम कहिल्यै पनि गर्नुुहुँदैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै डा. शर्माले अहिलेसम्म मुलुकमा वैदेशिक लगानी एक सय मिलियन पनि आउन नसकेको गुनासो पोखे । उनले भने,‘यो अल्प विकसित अन्य मुलुकमा आईरहेको वैदेशिक लगानीको तुलनामा धेरै कम हो, औसतमा ८ सय मिलियन अमेरिकी डलर बराबर ल्याउनुपर्छ, त्यो पनि ३ वर्षभित्रै ल्याउन सकिन्छ।’

शर्माले नेपालमा रोजगारी सिर्जना गर्ने काममा सुधार नभएको गुनासो पोखे । उनले भने,‘अब नयाँ सरकारले कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ, नेपालमा ८० प्रतिशत विकास बजेट चौथो चौमासिकमा खर्च गर्ने बानी परेको छ, यसलाई सुधार गर्नुपर्छ।’ खर्च गर्ने कुरामा प्राथमिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार सामाजिक सुरक्षा अन्र्तगर्तका ५२ कार्यक्रमहरु रहेको उक्त कार्यक्रमका लागि १ सय ३० अर्ब बजेट रहेको सुनाए । त्यस्तै उनले कृषियोग्य जमिन २१ प्रतिशत सिचाईको पहुँच भएकोले यसलाई ५० प्रतिशत पुर्याउनुपर्ने सुनाए ।

अहिलेसम्म १८ प्रतिशत जग्गामा हाई भ्यालु कर्प उत्पादन भएकोले अब यसलाई आगामी ५ वर्षभित्रमा ३६ प्रतिशत पुरयाउनुपर्ने शर्माको भनाई थियो । मुलुक संघीयतामा गएकोले अब सात वटै प्रदेशमा उत्पादनमुखी अर्थतन्त्र बनाउनुपर्नेमा उनको जोड थियो ।
नेपालले अब उद्योग व्यवसायलाई बढावा दिनको लागि विशेष ध्यान दिनुपर्ने बताउँदै नेपालका उत्पादनहरुलाई भारतको उद्योगसँग लिंक अप गर्नुपर्ने सुझाव दिए ।

 

 



प्रतिक्रिया दिनुहोस्