Logo

शिल्पा र छवी विवाह गर्दै, रेखा थापा तनाबमा



माघ १६, काठमाण्डौ । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबिच गत वर्षको दशैँमा विवाह भएको समाचार सार्वजनिक भएको थियो । तर यि जोडीबिच प्रेमसम्बन्धन भएको चर्चा चलिरहे पनि विवाह भएको पुष्टी नै भइसकेको छैन ।

निर्माता ओझाले अर्की नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका छन् ।

छवि र शिल्पाले अझै पनि बिहे भएको कुरालाई स्विकार गरेका छैनन् । तर, जब छवि र शिल्पाको चलचित्र रिलिजको समय नजिक हुन्छ, बिहेको कुरा निस्कन्छ ।

निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल र नायिका शिल्पा पोखरेल अहिले काठमाण्डौ बाहिर फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’को प्रचारका लागि पुगेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा छविले व्यक्तिगत प्रश्नको जवाफ दिदै शिल्पासँग चलचित्र रिलिज भएपछि बिहे गर्ने बताए । उनीहरुलाई एउटा आरोप लाग्ने गरेको छ, त्यो हो, हरेक चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा विवाहको कुरा गरेर दर्शकको ध्यान तान्न चाहन्छन् । पछिल्लो समय भएको पनि त्यस्तै छ ।

जे होस् पोखरेल र ओझाले विगतदेखि नै एकअर्काको प्रेम सम्बन्धमा रहेको बताउँदै आएका छन् । तर केही समयअघि पोखरेलको घर परिवारले ओझासँग विहे गर्न अनुमति नदिएका कारण विहे गर्न नसक्ने बताएको पनि चर्चा थियो । तर अहिले चलचित्र मंगलमको रिलिज डेट नजिकिदै गर्दा पुनः विहेको चर्चा चलेको छ ।

ओझा र पोखरेलको चर्चा चलेसँग अर्की नायिका रेखा थापा अर्थात ओझाकी पूर्वपत्नी भने तनाबमा छिन् ।
केही वर्ष अघि डिभोर्स गरे पनि पुनः ओझासँग नै नजिक हुन चाहेकी थापा पूर्व श्रीमान वैवाहिक जीवनमा बाँधिन लागेको हल्लाले चिन्तामा परेको बताइएको छ ।

थापा अहिले ओझालाई नराम्रो व्यक्तिको रुपमा चित्रित गरेर पोखरेलसँगको सम्बन्ध टुटाउने प्रयासमा लागेको हल्लासमेत चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्