Logo

प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव



१७ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमबिच मिलेर सरकार बन्ने भए पनि मुख्यमन्त्री कुन दलको बन्ने भन्ने निश्चित नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै यादवले प्रदेश २ मा सरकार बनाउने विषयमा दुई दलबिच छलफल गरेर अगाडि बढिने बताए ।
“एउटा पार्टीको व्यक्ति मुख्यमन्त्री बन्छ । तर उसले दुवै पार्टीको नेतृत्व गर्छ । अहिलेसम्म औपचारिक रुपमा छलफल गरेर सहमति भएको अवस्था होइन । तर चुनाव अगाडि नै मिलेर सरकार बनाउने सहमति भएको थियो ।” यादवले भने ।

अहिलेसम्म भागबण्डाको विषयमा कुनै छलफल नभए पनि दुई दलबिच कुरा मिल्ने दाबी यादवको छ । राजपा र फोरम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले मूख्यमन्त्री फोरम वा राजपा जसको पनि हुन सक्ने बताए । तर मूख्यमन्त्रीको विषयमा राजपाको दाबी भए पनि विवाद भने नहुने उनको जिकिर छ ।

“राजपा र फोरमबिच सम्झौता हुन्छ । जसको पक्षमा पनि सम्झौता हुन सक्छ ।” यादवले भने । मुख्यमन्त्री फोरमलाई दिने विषयमा सहमति नभएको उनले स्पष्ट पारे ।

प्रदेश नम्बर २ को विकास निर्माणलाई अब बन्ने प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने यादवले बताए ।

केन्द्रिय सरकार कसको नेतृत्वमा बन्ने भन्ने नै निश्चित नभएको अवस्थामा आफूहरु सरकारमा जाने वा नजाने भन्ने विषय छलफलमै रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्