Logo

‘नेपाल स्थापना दिवस’ मनाउन माग



काठमाडौं, १७ माघ । आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा क्वाटर मिलियन अभियानले पत्रकार सम्मेलन गरेर मुलुक स्थापना भएको २५० वर्षको अवसरमा यसको औचित्यकोबारेमा गहन अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो ।

क्वार्टर मिलियनका अभियान्ता प्राध्यापक आनन्द आदित्यले मुलुक स्थापनाको अवसर पारेर कार्यक्रम गर्नु र नेपालको गरिमाका बारेमा विश्वलाई चिनाउनु हरेक नागरिकको कर्तव्य रहने बताए ।

उनले भने,‘हामी मानिस जन्मदिन मनाउछाँै, कुनै महान व्यक्तिको सम्झनामा कार्यक्रम गछौँ तर देशको जन्मदिन बनाउने परम्परा स्थापना गर्न सकेनौ, त्यसैले मुलुकको जन्मदिन मनाउनुपर्छ, देशको स्थापना दिवस मनाउनुपर्छ, ऐतिहासिकतालाई उजागर गर्नुपर्छ ।’

माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित देशव्यापी रुपमा मुलुक स्थापनाका बारेमा विविध कार्यक्रम गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेको सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सरकारले पहिलो कदम उठाउनु पर्ने आयोजकको भनाई रहेको छ ।

भारतीय नागरिक डा.कुलदिप झालाई नेपाल सरकारले उचित सम्मान गर्न नसकेको भन्दै प्राध्यापक आदित्यले उनको योगदानको कदर हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘२००७ सालको राणा विरुद्धको आन्दोलनमो ईटहरीको कुसहवा खोलाका किनारामा गोली लागेर लड्नु भएको ईतिहास छ, तै पनि उहाँले गोलीको प्रवाह नगरी भुँडीबाट निस्केको आन्द्रालाई हातले बोकेर लड्नुभयो केही घण्टापछि उहाँ संसारबाट विदा हुनुभयो, उहाँ एक अन्तराष्ट्रिय क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो यसका बारेमा हामीले किन आवाज नउठाउने ?’

प्राध्यापक आदित्यले ०३६ सालमा परिवर्तनका लागि जीवनदान गर्ने सिराहका तश्मिन राईन, रामेश्वर भण्डल र जगदिश खत्वेलाई सरकारले अझैसम्म शहीद घोषणा गरेको छैन्, तत्काल उहाँहरुलाई शहीद घोषणा गर्न माग गर्दछु।’ त्यस्तै कार्यक्रममा स्व.डा.कुलदिप झाका भतिजा एवम् भारतीय जनता पार्टी बिहार राज्यका महासचिव नविन कुमार झाले नेपाल–भारतबीचको सम्बन्ध रगतसँग जोडिएको बताएका छन् ।

उनले भने,‘नेपाल–भारतबीचको सम्बन्ध निक्कै पुरानो छ, पछिल्लो समयमा सम्बन्धमा केही खल्लो पन आएको छ, यसलाई यहि समाप्त पार्नुपर्छ, हाम्रो पुर्खाले नेपालको लागि रगत दिएको छ, भारतलाई स्वतन्त्र बनाउनको लागि नेपालीले रगत बगाएको छ, यसरी हेर्दा नेपाल–भारतको सम्बन्ध निक्कै प्रगाढ छ, हुुनुपर्छ ।’
उनले अघि थपे, ‘हाम्रो काका विपि कोईराला, मातृका कोईरालासँग राणा बिरोधी आन्दोलनमा होमिनु भयो त्यति नै खेर मर्नु भयो, उहाँको लासलाई नेपाल–भारतको सिमानामा आधा शारिर यता आधी शरिर उता राखेर अन्त्यष्ठि गरिएको थियो ।’

प्रकृति–मानव केन्द्रीत जनआन्दोलन नेपाल इकाई (जनसार्क) शाखाका अध्यक्ष मण्डलका सदस्य दीनदया रिजालले आफ्नो संस्था शान्ति, एकता र वातावरणमैत्री रुपमा उक्त महोत्सव सफल बनाउन लागिपर्ने बताए । कार्यक्रमको सञ्चालन प्राध्यापक विन्देश्वर गोहीतले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot