Logo

भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण



काठमाडौँ, १७ माघ : भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट यहाँ आउनुहुने भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्