Logo

नेपालको समुन्नतिमा भारतका प्रधानमन्त्री मोदीको चिन्ता छ : दिपकुमार उपाध्याय



१८ माघ, काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपालको हितमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संवेदनशील रहेको बताएका छन् ।
“नेपालको समुन्नतिमा मित्रराष्ट्र भारतको चिन्ता र चाहना छ । नेपालको विकास हुन नसक्नुमा त भारतको पनि दोष छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको बारेमा चिन्ता हुने गरेको उपाध्यायको दाबी छ । “कसरी सम्बन्ध सुधार हुन सक्छ, नेपालका जनताहरुसँगको सम्बन्ध कसरी राम्रो हुन सक्छ, नेपालमा शान्ति होस्, स्थिरता होस् भन्ने नै मोदीको चाहना हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र नीतिअन्तरगत नेपालसँगको सम्बन्ध आफैले हेर्ने गरेको बताउँदै उपाध्यायले नेपालमाथि भारतले लगाएको नाकाबन्दीको बारेमा भने मोदीले अहिलेसम्म मुख नखोलेको बताए ।

“नाकाबन्दीको बेला असमझदारी भयो । मोदीजी सामाजिक संजालमा सक्रिय हुनुहुन्छ । कुनै पनि घटनालाई तत्काल स्टाटस लेख्ने, टुइट गर्ने गर्नुहुन्छ । तर त्यो दुखद परिस्थितीको बारेमा मुख खोल्नुभएको छैन ।” उपाध्यायले भने ।

नाकाबन्दीको विषयमा ठूलो आवाज उठेपछि मोदी दबाबमा परेको उपाध्यायको दाबी छ । “हुँदाखाँदाको सम्बन्ध, नेपाल–भारतका जनताबिचमा मौलिक सम्बन्ध छ । त्यो सम्बन्धमा आघात पर्नेगरी किन सम्बन्ध बिग्रियो भन्ने चिन्ता छ । यो प्रश्न भारतभित्र र उहाँकै पार्टीभित्र पनि उठ्यो । उहाँको मनमा पनि चिन्ता होला । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।” उपाध्यायले भने ।



प्रतिक्रिया दिनुहोस्