Logo

स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका : ओलीसँग सुरुमै वान टु वान वार्ता



माघ १८, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् ।
विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने उद्देश्यले भएको अनुमान गरिएको छ ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका केपी ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र मन्त्री स्वराजलाई नेपाल पठाएका हुन् ।

स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको विशेष सुत्रहरुले बताएको छ । स्वारज र ओलीको वान टु वान वार्ता होटल सोल्टीमा हुने बताइएको छ ।

भेटमा महत्वपूर्ण विषयमा कुराकानी हुने अनुमान गरिए पनि खास कुराकानीको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । भावी प्रधानमन्त्रीको रुपमा रहेका ओली र स्वराजबिचको भेटलाई कतिपयले भारतीय प्रधानमन्त्री मोदीसँगकै भेट सरह हुने अनुमान गरेका छन् ।

वान टु वान वार्तापछि दुवै पक्षका डेलिगेशनसँग बसेर छलफल हुने बताइएको छ । त्यसपछि होटल सोल्टीमा नै दुई पक्षले एकसाथ डिनर गरेपछि छुट्टिनेछन् ।
आजै साझँ मधेशवादी दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्नेछिन् । राजपा अध्यक्षमण्डलका सबै सदस्य र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग साझँ भेट्ने समय तय भएको हो ।

भोली विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने समय तालिका बनाएकी छिन् । प्रचण्डसँगको बे्रकफास्ट मिटिङपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने बताइएको छ ।

त्यसपछि स्वारजको भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग हुनेछ । प्रधानमन्त्री देउवालाई भेट्न स्वराज प्रधानमन्त्री निवास वालुवाटार जानेछिन् ।

देउवासँगको लञ्च मिटिङपछि स्वारज वालुवाटारबाट सिधै विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्