Logo

भारतको नयाँ विदेश सचिवलाई चीनको बधाई



बेइजिङ, १८ माघ : भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त हुनुभएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भन्नुभयो, “गोखले विदेश सचिवमा नियुक्त हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

उहाँले आगामी दिनमा भारत र चीनको आपसी सम्वन्ध अझ सक्रियताका साथ सुध्रिने विश्वास व्यक्त गर्नुभएको छ ।

“शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक तहबाट समेत विश्वास बलियो बन्नेछ,” उहाँले भन्नुभयो ।

गोखले चीनका लागि भारतका पूर्व राजदूतसमेत भएकाले चिनियाँ भाषामा दख्खल राख्नुहुन्छ । उहाँ गत सोमबार भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त हुनुभएको हो । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्

Screenshot