Logo

एमाले–माओवादी केन्द्रको बैठक ३ बजे



काठमाडौं, १८ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

भारतीय विदेश मन्त्रालयको विशेष विमानबाट नेपाल आउन लागेकी विदेशमन्त्री स्वराज सवार विमान अपरान्ह ३.३० मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। संयोजन समितिको बैठक त्यो भन्दा अघि ३ बजे बस्नेछ।

बैठक बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा तय गरिएको छ। बैठक सकिएलगत्तै सोल्टीमोडस्थित सोल्टी होटलमा ओलीसँग स्वराजको भेटघाट गर्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot