Logo

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर



चितवन, १८ माघ । चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।

शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परिक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ ।

महासंघमा आवद्ध रहेका तीनसय सदस्य संघ र समिति र प्रालिबाट २३ सय जना भन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा हिजो मात्र एक हजार जना भन्दाबढीले स्वास्थ्य परिक्षण गराएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखी नै समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको छ ।

एकै छानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्