Logo

देउवा अलोकतान्त्रिक बने, नैतिकता भए तत्काल राजिनामा दिनुपर्छ



विराटनगर, १८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न जनमत दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने स्पष्ट पारेका छन् ।

बिहीबार प्रेस युनियनले विराटनगरमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै उनले देउवालाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह समेत गरेका हुन् । कोइरालाले राजीनामा दिएर काम चलाउ सरकारको रुपमा काम गर्न देउवालाई सुझाए ।

प्रधानमन्त्री देउवा अलोकतान्त्रिक बनेको र उनीसँग नैतिकतासमेत नभएको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्